अकल्पनीय, हृदयविदारक बाढीको विनाशलिला
अपार क्षति गरायो विशेष रसुवा,नुवाकोट, धादिङ जिल्ला
सयौं जनको निधन भयो,धनको क्षति त कति कति
हार्दिक समवेदना व्यक्त गर्दछु आफन्त गुमाएका परिवारजनप्रति।
नारायणी किनारमा प्रत्यक्षमा बिजोक अवस्था देखियो
यस्तो पनि हुँदोरहेछ,देखेका कुराहरू लेखियो
ग्याँसका सिलिन्डर बगेर आएका थिए कति कति
घरायसी सामानहरू पनि विविध प्रकारका थिए अनगिन्ती।
क्षतविक्षत मानवदेह र पशुचौपायाहरू बगीआएका कति धेर
कस्को आत्मा नहोला र यस्तो वीभत्स अवस्था देखेर
उध्दारकार्य प्रशंसनीय छ,धन्यवाद नेपाल सरकार
यस्तो बेला सबैको साथ र सहयोगको छ दरकार।
तीन जिल्लाका ठाॅउ ठाॅउमा कति सुन्दर बत्तीहरू थियो
विनाशकारी बाढीले क्षणहरूमा खण्डहर बनाइदियो
प्रविधिको उच्च विकास हुँदा पनि सकिएन विनाश रोक्न
प्रकृतिको विनाशलिलालाई नसकीने रहेछ छेक्न।
– मणि कुमार श्रेष्ठ , भदौ २०८३

